Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कुलमान घिसिङले हैन, लोडसेडिङ मैले हटाएको हुँः प्रधानमन्त्री ओली

कुलमान घिसिङले हैन, लोडसेडिङ मैले हटाएको हुँः प्रधानमन्त्री ओली

  • सोमवार, फाल्गुण ३ २०७७

  • 1.6K
    SHARES

  • कुलमान घिसिङले हैन, लोडसेडिङ मैले हटाएको हुँः प्रधानमन्त्री ओली

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गर्नुभएको छ ।

    लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उहाँको भनाइ छ ।
    प्रधानमन्त्री ओलीले आज काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा यस्तो बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’

    भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताउनुभयो ।

    नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उहाँले आफू पहिलो पटक प्रधानमन्त्री भएको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेपछि लोडसेडिङ हटेको जिकिर गर्नुभयो ।

    यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि देश लोडसेडिङ मुक्त हुनुमा कुलमान घिसिङको कुनै योगदान नभएको बताउनुभएको थियो ।


    सोमवार, फाल्गुण ३ २०७७०५:१३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij