Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र ओलीको झगडाले हाम्रै पार्टीमा समस्या आइसक्यो, यिनीहरु राजाभन्दा पनि ठूला राजा हुन थाले: देउवा

प्रचण्ड र ओलीको झगडाले हाम्रै पार्टीमा समस्या आइसक्यो, यिनीहरु राजाभन्दा पनि ठूला राजा हुन थाले: देउवा

  • सोमवार, फाल्गुण ३ २०७७

  • 1.2K
    SHARES

  • प्रचण्ड र ओलीको झगडाले हाम्रै पार्टीमा समस्या आइसक्यो, यिनीहरु राजाभन्दा पनि ठूला राजा हुन थाले: देउवा

    काठमाडौँ –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताउनुभएको छ ।

    भैरहवामा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले कुर्सीका लागि अहिले ओली र प्रचण्डबीच झगडा भइरहेको बताउनुभयो।

    ‘प्रचण्डले प्रजातन्त्र मान्छु भने। गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो। तर प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले। उनीहरू कुर्सीका लागि झगडा भयो। यो झगडामा हाम्रो कुनै हात छैन,’ देउवाले भन्नुभयो ।

    कांग्रेसकै नेताहरू कोही ओली र कोही प्रचण्ड ठिक भनिरहेको देउवाको भनाइ थियो।

    ‘तिनको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ,’ देउवाले भन्नुभयो, ‘हामी कतैतिर लाग्ने काम छैन।’


    सोमवार, फाल्गुण ३ २०७७०४:५५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij