काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेको छ । परिसूचक ९२.४२ अंकले बढ्दा शेयर बजार २५८५.०१ बिन्दुमा पुगेको छ ।
शेयर बजारमा यो हालसम्मकै ऐतिहासिक उचाइ हो । यसअघि गत हप्ताको सोमबार २५५६ अंकको रेकर्ड बनाएको थियो । सोदिन कारोबार रकम पनि उल्लेख्य बढेको थियो । १० अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकममा भने यसअघि नै साढे १० अर्बको रेकर्ड बनेको छ ।
आज सबै समूहमा हरियाली छाएको छ । बैंकिङ ५७, ब्यापार ७१, विकास बैंक ४९, होटल २४, जलविद्युत ६४, फाइनान्स ३४, निर्जीवन बीमा ४४७, उत्पादन १५९, अन्य ६२, माइक्रोफाइनान्स ३७० र जीवन बीमा समूह ६९७ अंकले बढेका छन् ।