Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश, बुझाए लिखित जवाफ

सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश, बुझाए लिखित जवाफ

  • सोमवार, फाल्गुण ३ २०७७

  • 1.4K
    SHARES

  • सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश, बुझाए लिखित जवाफ

    काठमाडौं । अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् ।

    पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन् ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।
    त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

    यस्तै, अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको थियो ।

    अदालतको आदेशबारे जानकारी गराउन सर्वोच्चले तामेलदार खटाएको थियो । तर, अहिलेसम्म तामेलदार कतै पनि पुगेका छैनन् ।
    तामेलदार नआएपछि चार पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित भएर म्याद बुझेका हुन् । म्याद बुझेलगत्तै लिखित जवाफ पनि पेश गरेका छन् ।

     


    सोमवार, फाल्गुण ३ २०७७०१:१५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij