Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

पार्टीभित्रैबाट समानान्तर सत्ता सञ्चालन गर्न खोजेपछि संसद भंग गर्न बाध्य भएँँ : प्रधानमन्त्री

पार्टीभित्रैबाट समानान्तर सत्ता सञ्चालन गर्न खोजेपछि संसद भंग गर्न बाध्य भएँँ : प्रधानमन्त्री

  • सोमवार, फाल्गुण ३ २०७७

  • 531
    SHARES

  • पार्टीभित्रैबाट समानान्तर सत्ता सञ्चालन गर्न खोजेपछि संसद भंग गर्न बाध्य भएँँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी (नेकपा)का केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि आफूले प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको बताउनुभएको छ । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ ।

    ‘पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर मैले प्रयास गरेँ तर त्यो सफल हुन सकेन’, उहाँले भन्नुभयो, ‘सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको पर्यो ।’

    प्रधानमन्त्री ओलीले सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएका पनि आरोप लगाउनुभएको छ ।

    ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो’, उहाँले थप्नुभयो, ‘यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरतासमेत आउने थियो ।’


    सोमवार, फाल्गुण ३ २०७७११:५४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij