काठमाडौं । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीलाई गएराती हृदयघात भएको छ । उहाँलाई गएराती नै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।
उहाँको उपचार भइरहेकाले स्वास्थ्यमा सुधार पनि आएको नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो ।
गएरातीले मुटुको शल्यक्रिया गरिएकाले अहिले उहाँ खतरामुक्त हुनुभएको चिकित्सकहरुले जानकारी दिएको पाण्डेले बताउनुभयो ।
नेपाली काँग्रेसको प्रभावशाली संगठनको रुपमा लिइने तरुण दलको महासचिव शाही नेपाल विद्यार्थी संघको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ ।
उहाँ कालिकोटमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार समेत बन्नु भएको थियो ।