Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

७० बर्षको कालखण्डमा ओलीले जति विकास कसैले गरेन : मानन्धर

७० बर्षको कालखण्डमा ओलीले जति विकास कसैले गरेन : मानन्धर

  • सोमवार, फाल्गुण ३ २०७७

  • 684
    SHARES

  • ७० बर्षको कालखण्डमा ओलीले जति विकास कसैले गरेन : मानन्धर

    काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विकास र समृद्धिको हिसावमा ७० बर्षको कालखण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले जति अरुले विकास गर्न नसकेको दावी गर्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले भन्नुभयो,“ विकास र समृद्धि हेर्ने हो भने प्रधानमन्त्री ओलीको कार्यकालमा देश धेरै अगाडी बढिसकेको छ, ३ बर्ष अगाडीको देश र अहिलेको देश हेर्न म सवैलाई आग्रह गर्छु, प्रधानमन्त्रीले काम गर्न सक्नु भएन भन्नेहरु एक पटक ध्यानमग्न दृष्टि लगाएर हेर्नुहोस ।”

    मानन्धरले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीले समृद्ध नेपाल ः सुखी नेपाली बनाउने प्रयासमा गरेको दावी गर्नुभयो ।

    आगामी बैशाख १७ र २७ गते जसरी पनि निर्वाचन हुने उहाँको भनाइ छ । उहाँले निर्वाचनमा गएर मात्रै सरकारमा कस्ले राम्रो काम गरेको छ भन्ने कुराको छिनोफानो हुने बताउनुभयो ।
    मानन्धरले नेकपा अहिले सम्म नफूटेको दावी गर्दै प्रधानमन्त्री ओलीलाई सवै नेपालीले साथ दिने बताउनु भयो ।

    मुलुकलाई राजनीतिक रुपले पिटेर अराजकतातिर लैजान नहुने उहाँको धारणा छ । अब प्रधानमन्त्री ओलीले युवा पुस्तालाई देश सुम्पिनु हुन्छ भन्नेमा आफू विश्वस्त रहेको शहरी विकास राज्यमन्त्री मानन्धरले बताउनुभयो ।

     


    सोमवार, फाल्गुण ३ २०७७०७:२२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij