काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ३ गते ७७ वटै जिल्लामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ । जिल्ला कार्यसमितिहरूले आयोजना गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन आज देउवाले विज्ञप्तिमार्फत अपिल गर्नुभएको हो ।
विज्ञप्तिमा सभापति देउवाले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको उल्लेख गर्नुभएको छ । उहाँले संविधानमा भएको व्यवस्थाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा लाग्नेसमेत बताउनुभएको छ ।
हेर्नुहोस् पूरा विज्ञप्ति :
