Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाली सीमामा भारतले बनाएका बाँध भत्काउन विपक्षी सांसदको माग, सरकार पनि वर्षायाममा मात्रै तात्ने गरेको आरोप

नेपाली सीमामा भारतले बनाएका बाँध भत्काउन विपक्षी सांसदको माग, सरकार पनि वर्षायाममा मात्रै तात्ने गरेको आरोप

  • सोमवार, आषाढ २९ २०७७

  • 743
    SHARES

  • नेपाली सीमामा भारतले बनाएका बाँध भत्काउन विपक्षी सांसदको माग, सरकार पनि वर्षायाममा मात्रै तात्ने गरेको आरोप

    काठमाडौँ – यस वर्षको मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनुका साथै ४६ जना बेपत्ता भएको तथ्याङक सरकारले सार्वजनिक गरिरहँदा गृहमन्त्री रामबहादुर थापा बादलको एक अभिव्यक्ति आज दिउँसोबाट चर्चामा आयो ।

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले भारतीय हस्तक्षेपका कारण नेपालमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले वितण्डा मच्चाएको आरोप लगाउनुभयो । सीमामा आफ्नो मात्रै हितमा बाँध बनाएर भारतले नेपालमाथि हस्तक्षेप गरेको र त्यसको परिणामस्वरुप नेपाली बस्ती डुवानमा पर्ने गरेको गृहमन्त्री बादलको भनाई थियो ।

    गृहमन्त्री बादलको यस्तो अभिव्यक्तिसँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक, बाँध र तटबन्ध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भारतले एकतर्फी रुपमा बाँध, सडक, तटबन्ध निर्माण गर्दा तराईका जिल्ला डुबानको खतरामा परेको निष्कर्ष निकाल्दै समितिले यस्तो निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताउनुभयो ।

    तर राज्यका संयन्त्रहरु डुवानको समस्याबारे वर्षभरी सुतेर बस्ने र मनसुन सक्रिय भएपछि मात्रै भारतले निर्माण गरेको बाँधबारे कुरा उठाउने गरेको भन्दै सत्तारुढ दलकै सांसदहरुले विरोध जनाएका छन् । विपदको पूर्वतयारीबारे कुनै चासो नराख्ने र जब संकट निम्तिन्छ तब मात्रै सरकार र संसदीय समितिमा कुरा उठ्ने गरेको भन्दै नेकपाका सांसद झपट रावलले आपत्ति जनाउनुभयो । उहाँले विपदको पूर्वतयारीसँगै सीमामा भारतको दादागिरी अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो ।

    भारतले एकलौटी रुपमा निमार्ण गरेको बाँध सडक र तटबन्धका कारण नेपाली वस्ती संकटमा परेकोले ती संचरनाहरु तत्काल हटाउन संसदीय समितिले अघिल्लो वर्ष पनि सरकारलाई निर्देशन दिएको थियो । आफूहरुले फिल्डमै गएर तयार पारेको प्रतिवेदनका आधारमा दिइएको सुझाव समेत पानीमै बगाइएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाको आरोप छ । उहाँले वार्ताको माध्यमबाट सुनुवाई नभए नेपाललाई क्षति हुने गरी भारतद्वारा निर्माण गरिएका संरचना फुटाउने पर्ने राय व्यक्त गर्नुभयो ।

    वर्षभरी चुप लागेर बस्ने अनि वर्षातको बेला भारतका कारण डुवानको समस्या भयो भनेर आरोप लगाइरहने प्रवत्ति नेपालको राज्य संयन्त्रमा देखिएको छ । यी समसयाको एकमुष्ट समाधानका लागि भारतसँग भएका असमान सन्धि सम्झौताहरुलाई खारेज गरेर अघि बढ्नुको विकल्प नरहेको विज्ञहरुले सुझाव दिँदै आएका छन् ।


    सोमवार, आषाढ २९ २०७७०८:११:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij