Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

मासिक पाँच हजार वृद्धाभत्ता पुर्‍याउने सरकारको लक्ष्य

मासिक पाँच हजार वृद्धाभत्ता पुर्‍याउने सरकारको लक्ष्य

  • शनिवार, फाल्गुण १ २०७७

  • 1.5K
    SHARES

  • मासिक पाँच हजार  वृद्धाभत्ता  पुर्‍याउने सरकारको लक्ष्य

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । ओखलढुंगाको चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी नेकपां ओली समूहको जनसभालाई सम्बोधन गर्दै उहाँले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताउनुभयो ।


    गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको दावी गर्नुभयो ।

    उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताउनुभयो ।

    उहाँले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने दावी गर्नुभयो ।


    शनिवार, फाल्गुण १ २०७७०७:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij