Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सरकारका गलत कदमको प्रतिकार गर्न कांग्रेस नेता वरिष्ठ नेता पौडेलको आह्वान

सरकारका गलत कदमको प्रतिकार गर्न कांग्रेस नेता वरिष्ठ नेता पौडेलको आह्वान

  • शनिवार, फाल्गुण १ २०७७

  • 764
    SHARES

  • सरकारका गलत कदमको प्रतिकार गर्न कांग्रेस नेता वरिष्ठ नेता पौडेलको आह्वान

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताउनुभएको छ ।

    कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका भिडियो अपिल जारी गर्दै उहाँले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने उद्देश्यले संसद भंग भएको पुष्टि हुँदै गएको बताउनुभएको हो ।

    नेता पौडेलले सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै गरेकाले कडा रुपमा प्रतिकार गर्नुपर्ने बताउनुभयो । संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै पौडेलले मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्न लोकतन्त्रवादीहरु सशक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताउनुभएको छ ।


    शनिवार, फाल्गुण १ २०७७०७:४२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij