Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा आज अर्बमाथिको कारोबार,पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट 

नेप्सेमा आज अर्बमाथिको कारोबार,पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट 

  • सोमवार, आषाढ २९ २०७७

  • 1.5K
    SHARES

  • नेप्सेमा आज अर्बमाथिको कारोबार,पाँच कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट 

    काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा केही उतारचढाव देखिए पनि सामान्य सुधार भएर बन्द भएको छ । साताको पहिलो दिन आइतबार १३४२.६० अंकमा बन्द भएको सेयर बजार परिसूचक नेप्से सोमबार कारोबार खुलेसँगै सुरुवाती समयमा बढेर १३४२ अंकसम्म पुगेको सेयर बजारलगत्तै ११ बजेर ४५ मिनेटमा १३३८ अंकसम्म घटेको थियो ।

    त्यसपछि भने नेप्समा सामान्य घटबढ देखिए पनि ठूलो उछाल भने देखिएन । अन्त्यमा बजार परिसूचक नेप्से २.१२ अंकले बढेर बजार बन्द भयो । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्समा पनि सामान्य सुधार भएको छ । सेन्सेटिभ इन्डेक्स ०.८९ अंकले बढेर २८२.२३ अंकमा पुगेको छ । सोमबार बजारमा १८४ कम्पनीको ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब आठ करोड ८७ लाख १६ हजारबराबरको कारोबार भएको भएको छ ।

    नेप्सेमा लगातार प्रभु बैंकको संस्थापक सेयर कारोबार भइरहेको छ । सोमबार पनि बजारमा प्रभु बैंकको संस्थापक सेयर १० करोडभन्दा माथिको कारोबार भएको छ । प्रतिकित्ता १३० रुपैयाँमा प्रभु बैंकको संस्थापक सेयर १० करोड ७२ लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

    यस्तै नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य एक रुपैयाँले घटे पनि कम्पनीको सेयर १० करोड २८ लाख १२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको नौ करोड ५१ लाख ३६ हिमालयन डिस्टिलरीको पाँच करोड ६८ लाख ५३ हजार र एनआईसी एसिया बैंकको चार करोड ७१ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

    नेप्सेमा कारोबार भएका १८४ कम्पनीको सेयरमध्ये ६८ वटाको सेयर मूल्य घट्दा ७५ कम्पनीको मूल्य घटेको छ । सामान्य सुधार भएको बजारमा २१ कम्पनीका सेयर मूल्य भने स्थिर रहे । नेप्सेमा सानिमा बैंकको ऋणपत्र, नेपाल सेवा लघुवित्त एनआईसी एसिया लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ । त्यस्तै गुराँस लघुवित्त र सूर्योदय लघुवित्तको सेयर मूल्यमा पनि करिब १० प्रतिशतले वृद्धि हुँदा पोजेटिभ सर्किट लागेको छ ।

    सोमबार नेप्समा होटेल, लाइफ इन्स्योरेन्स, वित्त कम्पनी, र अन्य उपसमूहको उपसूचक घटेको छ भने अन्य सबै उपसूचक बढेको छ । म्युचुअल फन्ड र लघुवित्तको उपसूचक २ प्रतिशतले बढ्दा व्यापार समूहको उपसूचक भने १.९१ प्रतिशतले बढेको छ ।


    सोमवार, आषाढ २९ २०७७०४:२६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij