Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

गणतन्त्र स्थापित भए पनि समृद्ध नेपाल बन्न सकेन : गजुरेल

गणतन्त्र स्थापित भए पनि समृद्ध नेपाल बन्न सकेन : गजुरेल

  • शनिवार, फाल्गुण १ २०७७

  • 746
    SHARES

  • गणतन्त्र स्थापित भए पनि समृद्ध नेपाल बन्न सकेन : गजुरेल

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जनयुद्धको नेतृत्व गरेको पार्टी आत्मसमपर्ण गरेर बसेपनि महत्व हिन बनेकाले आफूहरुले त्यो महत्व घट्न नदिन संयुक्त मोर्चा घोषणा गरेको बताउनुभएको छ ।

    जनयुद्धका पीडित परिवारलाई सम्मान दिलाउन र उनीहरु मागहरु स्थापित गराउन सरकारलाई दवाव दिनका लागि पनि संयुक्त मोर्चा घोषणा गरिएको उहाँले स्पष्ट पार्नुभको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भन्नुभयो,“जनगणतन्त्र स्थापित त भयो तर यस्ले समृद्ध नेपाल बनाउन सकेन्, त्यसै व्यवस्थालाई सुधार गर्न संयुक्त मोर्चामार्फत संघर्ष गर्ने छौँ ।”

    राष्ट्रिय स्वाधिनताका लागी आफूहरुले आवाज उठाउने पनि उहाँले बताउनुभयो । नेकपाको जस्तो शक्ति प्रदर्शन नगरेर व्यवस्था परिवर्तनका लागी आन्दोलन मात्र गर्ने नेता गजुरेलले जानकारी दिनुभएको छ ।

    फरक प्रसंगमा बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारीलाई कानुनको दायरामा ल्याउन आफूहरुले आवाज उठाएको पनि उहाँले दावी गर्नुभएको छ ।


    शनिवार, फाल्गुण १ २०७७०७:२३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij