Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

  • शुक्रवार, माघ ३० २०७७

  • 2.1K
    SHARES

  • वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

    काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली जानुभएको छ ।

    पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिनुभयो। उहाँले भन्नुभयो, उहाँ नियमित फलोअपका लागि दिल्ली जानुभएको हो, चार दिनपछि फर्कनु हुनेछ।’

    उहाँको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार हुने भट्टराईको भनाइ छ।

    केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहनुभएके थियो । तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उहाँ दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ।

    खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली जानुभएको छ ।


    शुक्रवार, माघ ३० २०७७११:३१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij