काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
हिजो प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो भने आज मूल्यमा ६ सयले गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ४ सय रहेको छ ।
आज प्रतितोला चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । हिजो प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।