Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

अदालतलाई धम्काउने गरी जुलुसको होडबाजी ठीक होइन : विश्वकर्मा

अदालतलाई धम्काउने गरी जुलुसको होडबाजी ठीक होइन : विश्वकर्मा

  • शुक्रवार, माघ ३० २०७७

  • 957
    SHARES

  • अदालतलाई धम्काउने गरी जुलुसको होडबाजी ठीक होइन :  विश्वकर्मा

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले लामो संघर्षबाट मुलुक यो अवस्थामा पुगेको बताउँदै प्रधानमन्त्रीको कदमले अस्थिरिता छाएको बताउनुभएको छ ।

    उहाँले अहिले राजनीतिक दलहरुमा बैमनश्यता आएकाले आवेशमा आएरभन्दा पनि सर्वोच्च अदालतको निर्णयलाई सर्वोपरी मान्नुपर्ने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै काँग्रेसका केन्द्रीय सदस्य विश्वकर्माले भन्नुभयो,“अदालतलाई धम्काउने गरी बृहत् जुलुसको होडबाजी गर्नु ठिक हुदैँ होइन, प्रधानमन्त्रीले मुलुकको व्यवस्था र जनताको मतलाई संकटमा पार्दा यो अवस्था सिर्जना भएको हो । आजसम्मका उपलब्धिलाई निकास दिन सर्वोच्चले न्यायसम्मत फैसला गर्छ पर्खिनु पर्छ ।”

    उहाँले काँग्रेसले फागुन २ गते सरकारको प्रतिगामी कदमविरुद्ध देशका सबै जिल्लामा विरोधका कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिनुभएको छ ।

    प्रधानमन्त्रीको असंवैधानिक कदम र अराजकतालाई सहि दिशाामा ल्याउने काम काँग्रेसकोे पहिलो प्राथमिकता रहेको पनि विश्वकर्माले दावी गर्नुभएको छ ।

    नेपालको संविधानअनुसार नेतृ रामकुमारी झाँक्रीले कुनै गलत अभिव्यक्ति नदिएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । जनताको अभिमतबाट राष्ट्रपति आएकाले सबैले असन्तुष्टि राख्न पाउने पनि नेता विश्वकर्माको तर्क छ ।


    शुक्रवार, माघ ३० २०७७०६:४४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij