काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसबारे कांग्रेसले बोल्न नमिल्ने बताउनुभएको छ ।
यसअघिदेखि नै अदालतमा विचाराधीन विषयमा बोल्न नहुने बताउँदै आएका देउवाले आज आदिवासी, जनजाति विभागले केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा यस्तो भनाई दोहो¥याउनुभएको हो ।
यद्यपि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताइसकेको छ ।
‘संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले यसबारे नेपाली कांग्रेसले बोल्न मिल्दैन’ देउवाले भन्नुभयो, “चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैं चुनावका लागि तयारी गरिरहनुपर्ने हुन्छ । आगामी दिनमा आउनसक्ने संसद् पुनःस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन म तपाईंहरुलाईं अग्रह गर्दछु ।”