Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images
संसद विघटनसम्बन्धी मुद्दा

फैसलामा बैठकको मिति नै तोक्न सभामुखका वकिलको माग

फैसलामा बैठकको मिति नै तोक्न सभामुखका वकिलको माग

  • बिहिवार, माघ २९ २०७७

  • 647
    SHARES

  • फैसलामा बैठकको मिति नै तोक्न सभामुखका वकिलको माग

    काठमाडौं । संसद विघटनको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको प्रतिरक्षामा बहस गर्ने कानुन व्यवसायीले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा बैठकको मिति नै तोक्न माग गरेका छन् ।

    आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले संसद पुनस्र्थापना भए पनि प्रधानमन्त्रीले नबोलाए के गर्ने भनी प्रश्न उठाएको भन्दै फैसलामा बैठकको मिति नै तोक्न माग गर्नुभएको हो ।

    ‘प्रधानमन्त्रीमा वकिलले संसद पुनस्र्थापना भएर प्रधानमन्त्रीले बैठक बोलाउनुभएन भने के हुन्छ भनेर भन्नुभएको छ । त्यसैले श्रीमान फैसलामा बैठकको मिति नै तोकिनुपर्छ’ उहाँले भन्नुभयो ।

    संसद विघटनसम्बन्धी मुद्दामा आजसम्म पक्ष र विपक्ष दुबैतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । अब रिट निवेदकको तर्फबाट जवाफी बहस बाँकी छ । त्यसपछि एमिकस क्युरीले राय पेश गर्नेछ ।

    संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जवाफी बहस गर्नेहरुको संख्या यकीन गर्न रिट निवेदकहरुलाई आग्रह गर्नुभएको छ ।


    बिहिवार, माघ २९ २०७७०७:४३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij