काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाक्री रिहा हुनुभएको छ । विहीबार विहान पक्राउ परेर बेलुका रिहा हुनुभएकी झाँक्रीले नागरिक दबाबसामु सरकार झुकेको बताउनुभएको छ ।
रिहा भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै झाँक्रीले आफूविरुद्ध कुनै उजुरी नपरेको तर सरकारले प्रहरीलाई दबाब दिएर पक्राउ गरि ह्यारेसमेन्ट गर्ने नियत राखेको बताउनुभयो ।
सरकारले गलत नियत राखेपनि देशैभरि सरकारी कदमको विपक्षमा भएको प्रदर्शनका कारण सरकार झुकेर आफुलाई रिहा गर्न बाध्य भएको उहाँको भनाइ छ ।
ढल्दै गरेका शासकले आफ्ना अग्ला अग्ला शालिकहरु बनाउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता निम्त्याएको तर दशैभरिको आन्दोलनका कारण उनको कदम सफल नहुने झाँक्रीले जिकिर गर्नुभयो ।
आफु कुनै शर्तनामा नगरि विना शर्त रिहा भएको उहाँले बताउनुभयो । सरकारको यो कदमको विपक्षमा र आफ्नो पक्षमा दबाब सिर्जना गरेका सबै नागकिर तथा सञ्चारमाध्यमलाई उहाँले धन्यबाद दिनुभएको छ ।
उहाँलाई विहीबार बिहान् राज्यविरुद्धको कसुरको अभियोगमा निवासबाटै पक्राउ गरेको थियो ।