काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलले १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ ।
मोर्चामा विप्लव नेतृत्वको नेकपासँगै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । कार्यक्रममा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रतिबन्धित विप्लव समूहका महासचिव विप्लव भने उपस्थित थिएनन् ।