Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

रामकुमारीलाई राज्यविरुद्धको अपराध (पक्राउ पुर्जीसहित) !

रामकुमारीलाई राज्यविरुद्धको अपराध (पक्राउ पुर्जीसहित) !

  • बिहिवार, माघ २९ २०७७

  • 592
    SHARES

  • रामकुमारीलाई राज्यविरुद्धको अपराध (पक्राउ पुर्जीसहित) !

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्ध अपराध गरेको आरोप लगाएको छ । उनीविरुद्ध आज पक्राउ पुर्जी जारी गर्दै महानगरीय अपराध महाशाखाले यस्तो आरोप लगाएको हो ।

    नेतृ झाक्रीलाई पक्राउ गर्न काठमाडौंको शंखमुलस्थित उनको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पहिलो चरणमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो । तर अहिले फेरि त्यहाँ दंगा प्रहरी पुगेका छन् ।

    यसैबीच, झाँक्रीको निवासअगाडि अहिले नेकपा कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरुले ‘हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’लगायत लगाइरहेका छन् । उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’जस्ता नारा पनि लगाइरहेका छन् ।

    यसैक्रममा उनीहरुले एकजना सादा पोशाकका प्रहरी अधिकारीलाई हातपातसमेत गरेका छन् । प्रहरी निरीक्षक दिनेश गौतममाथि हातपात गरिएको हो ।

    महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको बताएका छन् ।

    नेतृ झाँक्रीले एक साताअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विादास्पद अभिव्यक्ति दिएकी थिइन् ।


    यसअघि झाँक्रीलाई प्रहरीले सोधपुछका लागि भन्दै प्रहरीले बोलाएको थियो । तर, उनी उपस्थित नभएपछि प्रहरीले पक्राउको तयारी गरेको बुझिएको छ ।

    Et7WxV2UYAMIooH.jpg

     


    बिहिवार, माघ २९ २०७७०१:०७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij