Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले भनेः केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ?

प्रचण्डले भनेः केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ?

  • बुधवार, माघ २८ २०७७

  • 830
    SHARES

  • प्रचण्डले भनेः केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ?

    काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

    प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए।

    त्यसअनुसार ओली समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो ।

    बुधबार आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिएका छन् ।

    आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ? देख्नुभयो विरोध कस्तो हुन्छ?’

    उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौँ जनता जम्मा पार्ने पनि चेतावनी दिए।

    प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे।

    ‘यो उपस्थितिले अदालतलाई सहज भएको छ। संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला गर्न’ उनले भने।


    बुधवार, माघ २८ २०७७०४:५३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij