Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोग प्रधानमन्त्रीको कार्यकर्ता होइनः पम्फा भुसाल

निर्वाचन आयोग प्रधानमन्त्रीको कार्यकर्ता होइनः पम्फा भुसाल

  • बुधवार, माघ २८ २०७७

  • 1.4K
    SHARES

  • निर्वाचन आयोग प्रधानमन्त्रीको कार्यकर्ता होइनः पम्फा भुसाल

    काठमाडौं । प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले निर्वाचन आयोग प्रधानमन्त्रीको कार्यकर्ता नभएको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भुसालले भन्नुभयो ‘प्रधानमन्त्री राज्य अनि राज्य नै प्रधानमन्त्री होइन, निर्वाचन प्रधानमन्त्री र प्रधानमन्त्री निर्वाचन होइन, निर्वाचन आयोग प्रधानमन्त्रीको कार्यकर्ता होइन संबैधानिक निकाय हो, यसले आफ्नो काम कर्तव्य अनुसार काम गर्छ भन्नेमा हामी विश्वस्थ छौ ।’

    यस्तै उहाँले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली महिलाहरुको सुरक्षामा लाग्नुको सट्टा नियम र पद्धति मिच्न लागेको आरोपपनि लगाउनुभयो । प्रधानमन्त्रीको नेतृत्वले देशमा अहिले निर्वाचन गर्न नसक्ने उहाँको दावी छ ।

    उहाँले भन्नुभयो, ‘आजको हाम्रो भेलामा काठमाडौँ उपत्यकाका, बाग्मती प्रदेशका सबै जिल्ला र लुम्बिनी जनताहरु सडकमा आउदै छन, आजको हाम्रो आन्दोलन प्रदेशस्तरीय हो, संसद पुनस्थापना नभए सम्म हामी आन्दोलन जारी राख्छौ ।’

    उहाँले नेकपाकोे ४४१ केन्द्रिय सदस्य मध्य बहुमतले मात्रै सूर्य चिन्ह्न पाउने दावी गर्नु भयो । निर्वाचन आयोग निष्पक्ष नभए यो चुनाव मात्रै होइन आवधिक चुनाव पनि नहुने बताउनुभयो ।

    उहाँले तानाशाहिपनप्रधानमन्त्रीको बाटो भएको बताउदै त्यसमा जनता र कानुन पछि नलाग्ने बताउनु भयो । प्रधानमन्त्रीको कदम नेकपा संग मात्रै नजोडेर सबै पक्षमा दाज्न पनि भुसालले अनुरोध गर्नु भएको छ ।

    आजको आन्दोलनमा प्रधानमन्त्रीको असंवैधानीक कदमको साथै भागरथी भट्टको बलात्कार सम्बन्धी आन्दोलन रहेकोपनि उहाँले बताउनुभयो ।


    बुधवार, माघ २८ २०७७०९:२७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij