Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-माधव समूहले आज बृहत जनसभा गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने

प्रचण्ड-माधव समूहले आज बृहत जनसभा गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने

  • बुधवार, माघ २८ २०७७

  • 1.4K
    SHARES

  • प्रचण्ड-माधव समूहले आज बृहत जनसभा गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले आज (बुधबार) काठमाडौँमा बृहत जनसभा गर्न लागेको छ।

    बिहान ११ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन सुरू हुने र सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाको उक्त समूहले जनाएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र प्रचण्ड-नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन्।

    आजको प्रदर्शनमा सहभागी हुन पुष्पकमल दाहाल प्रचण्ड– र माधव नेपालले मंगलबार संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै अपिल गरेका थिए।

    आजको प्रदर्शनमा दुई लाख मानिस सडकमा उतार्ने दाबी नेता झलनाथ खनालको छ।


    बुधवार, माघ २८ २०७७०७:०५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij