Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

ओलीलाई प्रचण्डको प्रश्न, ‘तपाईँ हिन्दू महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको ?’

ओलीलाई प्रचण्डको प्रश्न, ‘तपाईँ हिन्दू महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको ?’

  • मंगलवार, माघ २७ २०७७

  • 853
    SHARES

  • ओलीलाई प्रचण्डको प्रश्न, ‘तपाईँ हिन्दू महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको ?’

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दू महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्नेबारेमा प्रश्नचिन्ह खडा भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग आज काठमाडौंमा भएको अन्तरक्रियामा उहाँले ओलीका पछिल्ला क्रियाकलापले आफूले मात्र नभएर सम्पूर्ण नेपाली जनताले नै यस्तो प्रश्न उठाएको बताउनुभउको हो ।

    ‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नुभएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ’, उहाँले भन्नुभयो, ‘मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ ।

    कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले आफ्नो गृहनगर चितवन गएर आफूमाथि प्रश्न उठाएको भन्दै आक्रोशसमेत पोख्नुभयो ।

    ‘मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनुभएको छ । यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि । नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी भनेको के हो ?’, उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ?’

    अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालमा रामको जन्म भएको प्रमाणित भएर सो क्षेत्रमा धार्मिक पर्यटकीयस्थल बन्छ भने सबैभन्दा खुशी आफू नै हुने दाबी पनि गर्नुभयो ।


    मंगलवार, माघ २७ २०७७०३:४५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij