Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images
भागरथी भट्टको हत्या प्रकरण :

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने समय आयो : रेग्मी

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने समय आयो : रेग्मी

“भागरथीको अपराधी उम्किए गृहमन्त्रीले राजीनामा दिए हुन्छ”
  • मंगलवार, माघ २७ २०७७

  • 1.1K
    SHARES

  • बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने समय आयो : रेग्मी

    काठमाडौं । नेपाली काँगेसको भ्रातृ संगठन महिला संघकी अध्यक्ष उमा रेग्मीले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने समय आएको धारणा राख्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष रेग्मीले भन्नुभयो,“सरकारले अहिले अभिभावकत्व निर्वाह नगरेको पाईयो, संघले बलात्कारको विरोधमा सशक्त आन्दोलन पनि गरेको छ तर अब सरकारले बलात्कारीलाई फासीको सजाय दिनुपर्ने कानुन ल्याउनै पर्छ किनभने यो नितान्त आवश्यक भइसक्यो ।”

    भागरथी भट्टको बलात्कार घटनालाई लिएर सरकारलाई वक्तब्य पठाए पनि सरकारले वास्ता नगरेको उहाँको आरोप छ ।

    संघका अध्यक्ष रेग्मीले बलात्कारीलाई मृत्युदण्ड दिन अध्याधेशमार्फत भएपनि कानुन बनाउनुपर्ने औंल्याउनुभएको छ ।

    अपराधीलाई मृत्युदण्डको सजाय दिएपछि मुलुकमा बलात्कार जस्ता जघन्य अपराधका घटनामा कमी आउने उहाँको धारणा छ ।

    भागरथीको अपराधीलाई कानुनी दायरामा लयाउन नसके गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि संघका अध्यक्ष रेग्मीको भनाइ छ ।


    मंगलवार, माघ २७ २०७७०७:०५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij