Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

केपी ओलीले ‘ओली बा समूह’ बनाए सबैभन्दा राम्रोः माधव नेपाल

केपी ओलीले ‘ओली बा समूह’ बनाए सबैभन्दा राम्रोः माधव नेपाल

  • सोमवार, माघ २६ २०७७

  • 1.2K
    SHARES

  • केपी ओलीले ‘ओली बा समूह’ बनाए सबैभन्दा राम्रोः माधव नेपाल

    काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमि कमजोरी सच्चाउने प्रतिबद्धतासहित स्वेत पत्र जारी गर्ने बताएका छन् ।

    सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै नेपालले विगतमा भएका कमीकमजोरीसहित श्‍वेतपत्र जारी गर्ने बताएका हुन् ।

    कार्यक्रममा उनले भने, ‘विगतमा भएका त्रुटिहरु सच्चाउने प्रतिबद्धता गरौँ, प्रतिबद्धता पत्र जारी गरौं । जसलाई मान्छेले श्‍वेतपत्र भन्ने गरेका छन् । श्‍वेतपत्र जारी गरौं भन्नेमा छौं । यो केपी प्रवृत्ति विरुद्धको लडाइँ हो । यी प्रवृत्तिहरु नै हामीमा भए भने हामी पनि कपीको अर्को अवतार हुन पुग्ने छौं । केपीको नयाँ–नयाँ अवतार चाहिएको छैन । एक केपीले यो देश आजित भइसक्यो भने केपीको नयाँ–नयाँ अवतार आए देश थिलोथिलो भएर सिद्धिन्छ । हामी चाहन्छौँ सबै हिसाबले यो देशले, लोकतन्त्रले जितोस् ।’

    अध्यक्ष नेपालले अहिले लडाइँ केपी ओली र आफूहरुबीचको निजी लडाइँ नभएको बताए । ‘केपी ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षमा रहेको छौं । उनले संवैधानिक शासनलाई चुनौती दिएका छन् । आजसम्म प्राप्त उपलब्धि जोगाउन हामी जुधिरहेका छौं । यो लडाइँ केवल केपी ओली र हामीबीचको निजी लडाइँ होइन,’ उनले भने, संघीयता, लोकतन्त्रलाई कमजोर बनाउने र बलियो बनाउन चाहनेबीचको लडाइँ हो । यो संघर्षमा जित्न सकेनौं भने नेपाली जनता हार्नेछन् । नेपाल राष्ट्र हार्नेछ ।’

    नेपालले ओली नेकपाबाट चोइटिएर गएको भन्दै उनीसँग साइबर सेना मात्रै रहेको दाबी गरे । ‘चोइटिएर गएका केपी ओलीसँग आसेपासे मात्रै छन् । भक्तहरु मात्रै छन् । त्यहाँ क्रान्तिकारीहरु, योद्धाहरु हैन । साइबर सेना मात्रै छ । परिवर्तनको चाहना राख्नेहरु हामीसँग छन्’, नेपालले भने ।

    अध्यक्ष नेपालले ओली र नेपाल कम्युनिस्ट पार्टीबीच अब कुनै सम्बन्ध नभएको दाबी गरे ।

    केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निकाली सकेका छौं । अब उनको नेकपासँग कुनै सम्बन्ध छैन । तैपनि उनलाई नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली बा समूह समूह बनाए सबैभन्दा राम्रो,’ उनले भने ।

     


    सोमवार, माघ २६ २०७७०५:०६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij