एजेन्सी । म्यानमारमा आज लगातार तेस्रो दिन पनि हजारौं मानिसहरुले सैन्य ‘कू’को विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।
आज म्यानमारका कर्मचारीहरु पनि राष्ट्रव्यापी आन्दोलनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका मानिसहरुले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको रिहाइको माग गरिरहेका छन् । प्रदर्शनकारीहरुले मुलुकमा पुनः प्रजातन्त्रको स्थापनाको माग पनि गरेका छन् ।
म्यानमारको यान्गोन र मन्डालय सहरमा हजारौं मानिसहरु भेला भएका छन् । प्रहरीले आन्दोलन दबाउन पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ ।