Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

१६ वर्षपछि समातिए पत्रकार थापाका ‘हत्यारा’ !

१६ वर्षपछि समातिए पत्रकार थापाका ‘हत्यारा’ !

  • सोमवार, माघ २६ २०७७

  • 1.3K
    SHARES

  • १६ वर्षपछि समातिए पत्रकार थापाका ‘हत्यारा’ !

    काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।

    दैलेखबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुप श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको छ ।

    १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भइ शाही फरार थिए ।

    पत्रकार थापालाई २०६१ साउन २७ गते नौमुलेको द्वारीमा तत्कालीन माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर सास छदै खाल्डोमा गाडेर हत्या गरेका थिए ।

     


    सोमवार, माघ २६ २०७७१२:२९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij