Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सभामुखले हालेको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सभामुखले हालेको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • आइतवार, माघ २५ २०७७

  • 794
    SHARES

  • सभामुखले हालेको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ – सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    सापकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत ११ वटा आयोगमा भएको नियुक्त भएकालाई काम गर्नबाट रोक्ने अन्तरिम आदेश माग गर्नुभएको थियो ।

    सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएकाको संसदीय सुनुनवाई नभएकाले नियुक्ति अस्वीकार गर्दै आउनुभएको छ । सभामुख सापकोटा उनीहरुको सपथ ग्रहणमा समेत सहभागि हुनुभएको थिएन ।

    सापकोटाले दिएको रिटको प्रारम्भिक सुनुवाईका क्रममा न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

    मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षसहित नव नियुक्त आयोगका पदाधिकारीलाई विपक्षी बनाइएको थियो।

    न्यायाधीश ढुङ्गानाले मुद्दालाई अग्राधिकार प्रदान गरेका छन्। अग्राधिकार प्रदान गरेसँगै मुद्दाको कारवाही छिटो अगाडि बढ्नेछ।

    सभामुख सापकोटाले माघ २३ गते सर्वोच्चमा नियुक्ती विरुद्ध रिट दायर गर्नुभएको थियो ।

    सरकारले संवैधानिक परिषद्को अध्यादेशमार्फत् बहुमतको सिफारिसमा नियुक्ती अगाडि बढ्न सक्ने व्यवस्था गरेको थियो।


    आइतवार, माघ २५ २०७७०५:५५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij