Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

ओलीको कदम प्रतिगमन भन्नु सरासर गलत : मन्त्री फुयाल

ओलीको कदम प्रतिगमन भन्नु सरासर गलत : मन्त्री फुयाल

“प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने स्वतःअधिकार छ ।”
  • शनिवार, माघ २४ २०७७

  • 871
    SHARES

  • ओलीको कदम प्रतिगमन भन्नु सरासर गलत :  मन्त्री फुयाल

    काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले निर्वाचनमा आउन खुट्टा कमाउनेहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन भन्नु असुहाउँदो भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग  कुरा गर्दै मन्त्री फुयालले भन्नुभयो, “हिजो भएको राजनीतिक दलको प्रदर्शनमा नेपाली जनता त्यति धेरै उपस्थित भएको यो पहिलो पटक हो, मैले ठूला–ठूला प्रदर्शन ०४६ सालको क्रान्तिमा देखेको थिए र ०६२–६३ को क्रान्ति देखेको थिए, त्यस पछाडीको पार्टीगत प्रदर्शन यति ठूलो देखेको थिइन ।”

    मन्त्री फुयालले हिजोको सभामा सबैभन्दा धेरै जनशक्ति उपस्थित हुनु ठूलो कुरा भएको बताउनु भयो । सभामा प्रधानमन्त्रीले प्रभावकारी ढङगले विचार राखेको उहाँको तर्क छ । आयोगले आफूहरुलाई बिश्वस्त गराएको भन्दै तोकिएकै मितिमा निर्वाचन हुने दावी समेत मन्त्री फुयालले गर्नुभएको छ ।

    उहाँले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने स्वतः अधिकार भएको जिकिर समेत गर्नु भयो । सूर्य चिन्ह्नबाट आफूहरुले पटक–पटक निर्वाचन जित्दै आएकाले चुनाव चिह्न आफूहरुको भएको मन्त्री फुयालको दावी छ ।


    शनिवार, माघ २४ २०७७०७:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij