Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

कानुनको पालना गर्न प्रचण्ड-नेपाल समूहलाई ओलीको चेतावनी

कानुनको पालना गर्न प्रचण्ड-नेपाल समूहलाई ओलीको चेतावनी

  • बिहिवार, माघ २२ २०७७

  • 1.2K
    SHARES

  • कानुनको पालना गर्न प्रचण्ड-नेपाल समूहलाई ओलीको चेतावनी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न चेतावनी दिनुभएको छ ।

    आज आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला प्रचण्ड–माधव नेपालहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गर्नतिर लाग्न चेतावनी दिनुभएको हो ।

    उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।

    ओलीले प्रचण्ड नेपालहरुलाई देश अगाडि बढ्ला कि भनेर चिन्ता लागेकोपनि बताउनुभयो । यस्तै ओलीले गरिवको तरकारी फ्याकेर महान आन्दोलन सफल पार्न लागेको भन्दै ‘एउटी आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकिदिनुभयो । आफु गाडि र बाइक चढेर रमिता हेरेको’ हेरे भन्दै टिप्पणी पनि गर्नुभयो ।

    ओलीले प्रचण्ड नेपालका कार्यकर्ता सिध्दिएपछि आफै सडकमा आएको बताउनुभयो । ‘कार्यकर्ता सिध्दिएछन् । सवै यता छन् अनि के हुनु ? हामी यहाँ छौँ भनेर सात दोवाटोमा आफै उत्रिनुभएछ’ओलीले भन्नुभयो ।

    यस्तै ओलीले प्रचण्ड–माधव नेपाल पक्ष कम्युनिस्टको बर्का ओढेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्न लागि परेको आरोप पनि लगाउनुभयो ।


    बिहिवार, माघ २२ २०७७०७:०६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij