Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-माधव नेकपाको आमहड्ताल फिर्ता, के-के भयो दिनभर ?

प्रचण्ड-माधव नेकपाको आमहड्ताल फिर्ता, के-के भयो दिनभर ?

  • बिहिवार, माघ २२ २०७७

  • 830
    SHARES

  • प्रचण्ड-माधव नेकपाको आमहड्ताल फिर्ता, के-के भयो दिनभर ?

    काठममाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले घोषणा गरेको आमहड्ताल फिर्ता भएको छ । संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक आयोगमहरुमा पदाधिकारी नियुक्त गरेपछि थप ओक्रोशित भएको प्रचण्ड–माधव पक्षले घोषणा गरेको आज एक दिने आमहड्ताल फिर्ता लिएको हो । आमहड्ताल फिर्ता लिएसँगै जनजीवन सामान्य बनेको छ ।

    आजको आफूहरुरूको आमहड्तालाई बदनाम बनाउने कोसिस भएको यो समूहको दाबी छ । आमहड्तालबारे देशभरका घटनाको ‘अपडेट’ पार्टीको फेसवुक पेजमा लाइभ गरेर जानकारी गराउँदै केन्द्रीय सदस्य विष्णु रिजालले यस्तो टिप्पणी गर्नुभएको हो । रिजालले नेकपाको ओली पक्षतिर लक्षित गर्दै ‘साइबर सेना’ले त्यस्तो काम गरेको आरोप लगाउनुभयो ।

    ‘आज बिहानैदेखि साइबर अपराधमा अभ्यस्त व्यक्तिहरूले विभिन्न आन्दोलनका तस्बिर राखेर, अरु देशका आन्दोलनका तस्बिर राखेर परिस्थितिलाई भड्काउने, जनसमुदायलाई उत्तेजित बनाउने खोजेको पनि पाइयो,’ रिजालले भन्नुभयो ।


    ‘किसानहरूको भक्तपुरको तस्बिर भन्दै बङ्गलादेशको तस्बिर राख्ने, २०७० सालको चुनावमा भएको आगजानीको तस्बिरलाई गाडीमा आगजानी भन्ने खालका कुराहरू पनि सामाजिक संजालमा भएका थिए । केही समयअघि गठन गरिएको कथित ‘साइबर सेना’नामको ‘साइबर क्राइम ग्रुप’को काम हो भन्ने कुरामा ढुक्क हुनुहोस् भन्ने म निवदेन गर्न चाहान्छु ।’ रिजालले भन्नुभयो ।


    उहाँले आफूहरुको आन्दोलनलाई बदनाम गर्नलाई भएका प्रयासहरूलाई पनि चिनिदिन सबैमा आग्रह गर्नुभयो । साथै आन्दोलनका क्रममा जनताले भोग्नु परेको अफ्ठ्रायोप्रति पार्टीको तर्फबाट नेता रिजालले क्षमायाचना गर्नुभएको छ ।


    नेता रिजालका अनुसार आज स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बिहानै कलंकीबाट पक्राउ पर्नुभएको थियो भने केन्द्रीय सदस्यहरु हितमान शाक्य, बिजय पौडेल, अमृता थापा, कृष्ण केसी, युवा नेता रमेश मल्ल लगायत ७२ जना नेता कार्यकर्ता काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका थिए ।

    तनहुँबाट केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित १६ जना, जनकपधारमबाट १२ जना बन्दकर्ता पक्राउ परेका थिए । जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ । झडमा स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित १० जना नेता कार्यकर्ता घाइते भएका नेता रिजालले जनाकारी दिनुभयो ।

    वीरगंजबाट ३५ जनालाई गिरफ्तार गरिएको थियो भने बाराबाट ६ जना, विराटनगरबाट ७ जना कास्कीबाट एकजनालाई पक्राउ गरिएको छ ।
    यसैगरी, काठमाडौंसहित देशभर आज बन्दलाई अवज्ञा गरेको भन्दै आधा दर्जन बढी सवारीसधान जनाइएको छ ।

     

     

    press-release-0422021010447-1000x0.jpg


    बिहिवार, माघ २२ २०७७०७:०१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij