Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रचण्ड–माधव समूहको आमहड्ताल

उपत्यकामा मात्र ७६ जना समातिए, देशभर कति ?

उपत्यकामा मात्र ७६ जना समातिए, देशभर कति ?

  • बिहिवार, माघ २२ २०७७

  • 827
    SHARES

  • उपत्यकामा मात्र ७६ जना समातिए, देशभर कति ?

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज घोषणा गरेको आमहड्तालमा देशभरबाट अहिलेसम्म ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी वसन्त कुवँरले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्रै ७६ जनालाई नियन्त्रणमा लिइएको छ ।

    कलंकीबाट प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उहाँसहित दर्जनभन्दा बढी कार्यकर्तालाई महानगरीय प्रहरी शिक्षालय महाराजञ्जमा राखिएको छ ।काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाहरुमा भने बन्दको प्रभाव बढी रहेको छ । मुख्य नाका छिर्ने ठाउँमा ठूलो संख्यामा प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताको उपस्थित रहेको छ ।

    उपत्यका बाहिर पनि आमहड्तालको प्रभाव परेको छ । छिटपुट बाहेक गाडीहरू नचलेको प्रहरीले जनाएको छ ।संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी हिजो नियुक्त गरेपछि थप ओक्रोशित भएको दाहाल–नेपाल पक्षले आमहड्ताल घोषणा गरेको थियो ।


    बिहिवार, माघ २२ २०७७०१:३८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij