Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

असंवैधानिक नियुक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्छ : अधिवक्ता अर्याल

असंवैधानिक नियुक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्छ : अधिवक्ता अर्याल

  • बिहिवार, माघ २२ २०७७

  • 1.1K
    SHARES

  • असंवैधानिक नियुक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्छ : अधिवक्ता अर्याल

    काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक अंग र आयोगहरुको असंवैधानिक नियुक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभएको छ ।

    उहाँले नियुक्तिहरु संविधानमा गरिएको व्यवस्था विपरित अध्याधेश ल्याएर गणपुरक संख्या नै नपुगी गरिएकाले त्यसको सामाजिक तवरले बहिष्कार हुनुपर्ने औंल्याउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता अर्यालले भन्नुभयो, “संविधानको मर्म, भावना र व्यवस्था विपरित भएका नियुक्ति मान्न र मान्यता दिन सकिदैँन, त्यसै म त भन्छु यस्ता नियुक्तिहरुको सामाजिक बहिष्कार आजको आवश्यकता नै हो ।”

    अधिवक्ता अर्यालले संविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरु घोर आपत्तिजनक भएको बताउनुभएको छ ।

    संसदीय सुनुवाई विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ती गर्नु र प्रधानन्यायाधीशले आफ्नै इजलासमा रहेका मुद्धा नहेर्ने तर असंवैधानिक नियुक्तिहरुको सपथ ग्रहण गराउनु गलत भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले संवैधानिक परिषद् सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उलंघन गर्दै अध्यादेश ल्याएको नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

    अहिलेका नियुक्तिहरुलाई कसैले नमान्ने र वैधता पनि नदिने अधिवक्ता अर्यालले स्पष्ट पार्नुभएको छ ।


    बिहिवार, माघ २२ २०७७०७:१९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij