Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

गएनन् उपराष्ट्रपति र सभामुख संवैधानिक परिषद्को सपथमा, देखाए यस्ता कारण !

गएनन् उपराष्ट्रपति र सभामुख संवैधानिक परिषद्को सपथमा, देखाए यस्ता कारण !

  • बुधवार, माघ २१ २०७७

  • 776
    SHARES

  • गएनन् उपराष्ट्रपति र सभामुख संवैधानिक परिषद्को सपथमा, देखाए यस्ता कारण !

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले सपथग्रहण संवैधानिक परिषद्को सपथ समारोह बहिस्कार गरेका छन् ।

    ‘सभामुखले आफ्नो धारणा लिखित रुपमै राखिसक्नु भएको छ । संविधानको धारा २ सय ९२ अनुसार संसदीय सुनुवाइ भएको छैन । नियुक्ति गर्दा संविधान मिचिएको छ । त्यसमा साक्षी बस्न जाने कुरा भएन,’ सभामुखको सचिवालयले भनेको छ ।

    संसदीय सुनुवाइ नगर्ने संसद् भंग गर्ने अनि संवैधानिक निकायहरुमा नियुक्ति गर्ने भनी सभामुख सापकोटाले प्रश्न उठाउनुभएको छ । उहाँले संसदीय सुनुवाइ गर्ने अवस्था नभएको भन्दै मंगबार नै सुनुवाइका लागि आएका नामहरुको सक्कलै फिर्ता गर्नुभएको थियो ।

    उपराष्ट्रपति पुनले भने स्वास्थको कारण उपस्थित हुन नसक्ने जानकारी शितल निवासलाई गराउनुभएको छ । पुन केही दिनदेखि अस्वस्थ्य रहनुभएको र मंगलबार नै राष्ट्रपति कार्यालयलाई उपस्थित हुन नसक्ने जानकारी गराइसकेको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्ती मगरले बताउनुभयो ।

    संवैधानिक परिषद्ले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले आज शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराउनुभएको हो ।


    बुधवार, माघ २१ २०७७०१:१३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij