काठमाडौं । वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले देशमा प्रात्र र प्रवृत्ति सबै राजनितिक खिचातानीमा लागेकोले पात्र र प्रवृति नै परिवर्तन गर्नु पर्ने बताउनु भएको छ ।
प्रणालीको विरुद्धमात्रै गर्ने नभई अब नेपाली जनताले नै पात्र परिवर्तन गर्नु पर्ने भट्टराईले जिकिर गर्नु भयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा वरिष्ठ अधिबक्ता भट्टराईले भन्नुभयो ‘अहिले म कानुन व्यवसायी हुँ, त्यसैले व्यावसायिक दायित्व मात्रै निभाइरहेको छु, अदालतमा मुद्दा विचाराधिन भएकोले मेरो तर्फको बहस नभई अहिले केहि भन्न मिल्दैन, प्रधानमन्त्रीको तर्फको कानुन व्यवसाय भएकोले मैले प्रतिनिधि सभा विघटन गलत भन्न मिल्दैन, जनता निर्वाचनको लागी तयार भइसके अहिलेको अवस्थामा संसद पुनस्थापना हुदैन ।’
यस्तै भट्टराईले जनता समक्ष निर्वाचनमा गइसके पछि जनताले नै निश्कर्ष निकाल्ने बताउनु भयो । सर्वाेच्च अदालतलाई आफ्नो काम गर्न दिनु पर्ने दवाव दिन नहुने उहाँको भनाई छ । देशमा भएको राजनितिक प्रकृया के हुन्छ भन्ने कुरा अहिले निधो गर्न नसकिने वरिष्ठ भट्टराईले बताउनु भयो ।