काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेकपा भित्रको द्वन्द्व समाधान गर्न निर्वाचनमा जानु पर्ने बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता भण्डारीले भन्नुभयो ‘विश्वको राजनिति हेर्दा, प्रजातन्त्रीक राजनिति हेर्दा प्रतिपक्षको भुमिका काँग्रेसले निभाउनु पर्छ, सर्वाेच्च अदालतको आदेश अनुसार नै काँग्रेस चुनावमा जान्छ, प्रधानमन्त्रीले बहुमत सरकार विघटन निर्वाचनको लागी त गरेको होला नी ?नभए किन गर्नुहुन्थ्यो ? संविधान नेपाली काँग्रेसले मिलेर बनाएको हो, यसको संरक्षण पनि काँग्रेसले गर्नु पर्छ ।’
हराउन लागेको काँग्रेस वित्याउने र संविधानको रक्षा गर्ने अहिले दोहोरो काम काँग्रेसको भएकोपनि उहाँको भनाइ छ ।
प्रजातान्त्रीक विधि अनुसार चल्न नसके पछि संवैधानिक परिषद पनि असफल हुने उहाँको भनाई छ । व्यक्ति हेरेर भन्दा संविधान हेरेर गर्ने काममा आफूहरुको असहमती नहुने नेता भण्डारीले स्पष्ट पार्नु भयो ।