Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

दाहालविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ आज

दाहालविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ आज

विराटनगरको सभामा अदालतलाई लक्षित गरी बोलेको आरोप
  • मंगलवार, माघ २० २०७७

  • 587
    SHARES

  • दाहालविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ आज

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलना गरेको आरोपमा दर्ता मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

    अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा अदालतलक्षित बोलेको विषयलाई लिएर सोमबार निवेदन दिनुभएको थियो ।

    दाहालले न्यायाधीशहरुको जनभावनाअनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने भन्दै अदालत र न्यायाधीशलाई लक्षित गरी धम्कीसहितको अभिव्यक्ति दिएको रिट निवेदकले बताउनुभएको छ ।

    ‘सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने छौं । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत ठूलो हो’, शुक्रबार विराटनगरमा आयोजित आमसभामा दाहालले भन्नुभएको थियो ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा छुट्टाछुट्टै निवेदन दर्ता भएको थियो ।

    सर्वोच्चले सबै मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिइसकेको छ ।


    मंगलवार, माघ २० २०७७०८:१६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij