Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

७७ जिल्लामा भूमि आयोग: जिल्ला अध्यक्षले सहसचिव बराबरको तलब पाउने

७७ जिल्लामा भूमि आयोग: जिल्ला अध्यक्षले सहसचिव बराबरको तलब पाउने

  • मंगलवार, माघ २० २०७७

  • 3.6K
    SHARES

  • ७७ जिल्लामा भूमि आयोग: जिल्ला अध्यक्षले सहसचिव बराबरको तलब पाउने

    काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। 

    अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी सहसचिव तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउने छन्।

    आयोगको जिल्ला समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णय सोमबार राजपत्रमा प्रकाशन भएको हो। मन्त्रिपरिषद्कै चैत ९ गते बसेको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो।

    आयोगले ४ सय १ स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाएको छ। भूमिहीनलाई जग्गा दिने दायित्वसाथ काम गरिरहेको आयोगका विज्ञ सदस्य जगतबहादुर देउजाले बताउनुभएको छ ।

    आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


    मंगलवार, माघ २० २०७७०६:३६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij