Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

धनुषा पुगेर ओलीले भने, ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर !’

धनुषा पुगेर ओलीले भने, ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर !’

  • सोमवार, माघ १९ २०७७

  • 1.6K
    SHARES

  • धनुषा पुगेर ओलीले भने, ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर !’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका कुन्ती मोक्तानको गीत ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’मा भनेजस्तै आफू प्रतिकुल परिस्थितिमा पनि अगाडि बढिरहेको बताउनुभएको छ । आज नेपाल विद्युत् प्राधिकरण ढल्केबर सबस्टेसनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘अहिलेको सरकारको काम विकास गर्ने हो । विकासमा लाग्या छ । पार्टीभित्रै बसेर सरकारको खुट्टा तान्नेहरु केही थिए । म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’, उहाँले गीतको अन्तरा उच्चाहरण गर्दै भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले आफू देश बनाउने संकल्पमा लगातार अघि बढिरहनको भए पनि केहीले त्यसलाई रोक्ने प्रयास गरेको आरोप लगाउनुभयो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले छाडेर गएपछि पार्टीमा गति पैदा भएको उहाँको दाबी थियो ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको चुनाव तोकिएकै मितिमा हुने दाबी गर्नुभयो ।

    ‘चुनावको तयारीमा लागिहाल्नुस् । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’

     


    सोमवार, माघ १९ २०७७०३:४२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij