Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

अदालतको अवहेलना गरेको आरोप लगाउँदै कसले हाल्यो प्रचण्डविरुद्ध मुद्दा ?

अदालतको अवहेलना गरेको आरोप लगाउँदै कसले हाल्यो प्रचण्डविरुद्ध मुद्दा ?

  • सोमवार, माघ १९ २०७७

  • 1.3K
    SHARES

  • अदालतको अवहेलना गरेको आरोप लगाउँदै कसले हाल्यो प्रचण्डविरुद्ध मुद्दा ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । मुद्दा अधिवक्ता समीर हायूले हाल्नुभएको हो ।

    सर्वोच्चमा आइतबार नै निवेदन पेश गरिएकोमा आज अदालत खुलेसँगै मुद्दा दर्ता भएको हो । यो मुद्धाको पेशी मंगलबारका लागि तोकिएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्र्रचण्ड–माधव समूहको कार्यक्रममा प्रचण्डले अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएको भन्दै मुद्दा दर्ता भएको हो ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएको थियो , जसको सुनुवाइ गर्दै सर्वोच्चले ओलीलाई एक हप्ताभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन माघ १५ गते आदेश दिएको थियो ।


    सोमवार, माघ १९ २०७७०१:१२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij