Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

काँग्रेसका भातृ संगठनहरुले आज देशैभरी प्रदर्शन गर्ने

काँग्रेसका भातृ संगठनहरुले आज देशैभरी प्रदर्शन गर्ने

प्रदर्शनमा पार्टीका केन्द्रीय नेता पनि सहभागी हुने
  • सोमवार, माघ १९ २०७७

  • 975
    SHARES

  • काँग्रेसका भातृ संगठनहरुले आज देशैभरी प्रदर्शन गर्ने

    काठमाडौं । विघटित प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेसका भातृ संगठनहरुले आज देशभरी प्रदर्शन गर्ने भएका छन् । प्रतिनिधि सभा विघटनको विरुद्धमा काँग्रेसका भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा गर्ने भएका हुन् ।

    कार्यक्रममा संगठनका नेताहरुसँगै पार्टीका केन्द्रीय नेताहरु पनि सहभागी हुने जनाइएको छ। काठमाडौमा गुर्जुधारा र जोरपाटी चोकमा विहान साढे ११ बजेपछि भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

    त्यसैगरी काठमाडौकै जमल र त्रिचन्द्र क्याम्पस घण्टाघरमा १२ः०० बजे भेला भई ¥याली सहित शान्तिवाटिमा पुगेर दिउँसो १ बजे विरोध सभा हुने काठमाडौ काँग्रेसले जनाएको छ ।

    त्यसैगरी ललितपुरको लगनखेल चोकमा विहान ११ बजे र भक्तपुरको बालकोट चोकमा बेलुका ५ बजे प्रदर्शन गर्ने तयारी भइरहेको पनि काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।

    देशका अन्य ठाउँमा पनि स्थानीय अनुकुलता अनुसार कार्यक्रम तय गरिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


    सोमवार, माघ १९ २०७७०९:३४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij