काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले अहिले सत्ताधारी दल भित्रको द्धन्द्धलाई साम्य बनाउन चुनाव गर्नु पर्ने बताउनुभएको छ ।
मैनालीले राजनीतिक दल र संसदिय ब्यवस्थाबीचको टक्करबाट प्रतिनिधिसभा विघटन हुन पुगेको तर्क गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा मैनालीले भन्नुभयो “प्रतिनिधि सभा विघटनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ, अदालतले समग्रतालाई हेरेर निणर्य गर्नुपर्छ, देशमा उत्पन्न भएका गहन खालका विषयहरुको पनि निकास अदालत नै हो ।”
मैनालीले नेपाललाई धार्मिक सहिष्णुतायुक्त राज्य बनाउन, संसदमा भएका विकुति विसंगतीलाई निर्मूल पार्नको लागि भए पनि निर्वाचनमा जानुपर्ने बताउनुभयो ।ं संसदीय दलहरुमा नै विकृति आएकाले प्रतिनिधिसभा विघटन हुन पुगेको उहाँको विश्लेषण छ ।
नेकपाका दुबै समूहबीचको सम्बन्ध चिसिएको बताउँदै दुई समूह एक हुने सम्भावना आफूले नदेखेको नेकपा मालेका महासचिव मैनालीले बताउनु भयो ।