Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ’

‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ’

  • शनिवार, माघ १७ २०७७

  • 778
    SHARES

  • ‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ’

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गर्नुभएको हो ।

    वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताउनुभयो । ‘‘संविधान बचाएर, संसद् पुनःस्थापन गरेर चुनावमा जाने हो,’’ पौडेलले भने, ‘‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ । कांग्रेस जे बोल्छ, त्यो गर्छ । कांग्रेसले संविधान बचाउँछ ।’’

    उनले नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक ठहर गरेको भन्दै संसद् पुनःस्थापना नै कांग्रेसको गन्तव्य भएको बताउनुभयो ।

     


    शनिवार, माघ १७ २०७७०७:२३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij