Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना, पाँचजनाको मृत्यु

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना, पाँचजनाको मृत्यु

  • शनिवार, माघ १७ २०७७

  • 922
    SHARES

  • क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना, पाँचजनाको मृत्यु

    एजेन्सी । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चालकदलका सदस्यसहित सबै पाँच यात्रीको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।

    स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँचजनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ ।

    मन्त्रालयले दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन ।

    क्युवामा यसपहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रीको मृत्यु भएको थियो भने एकजनालाई जीवितै उद्धार गरिएको थियो । त्यसपहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकोप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो । 


    शनिवार, माघ १७ २०७७०७:१९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij