काठमाडौं । लोक गायक खेम सेन्चुरीले पछिल्लो समय देशमा लोकगीतको प्रभाव फेरी बढेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा गायक सेन्चुरीले भन्नुभयो,“लोकगीतमा नेपालको मालिकता छ, त्यसैले पनि होला अहिले देशमा यसको प्रभाव बढिरहेको छ, लोक गितले मनका भावना बोकेको हुन्छ, संस्कृति र परम्परा सँगालेको हुन्छ त्यसैको फलस्वरुप हाल देश लोक गितमय हुन थालेको छ” ।
उहाँले लोकगीतले व्यक्तिहरुको भाव बोकेको हुनाले पनि प्रभाव बढेको महशुस भएको बताउनुभयो ।
कोरोना महामारीले बिश्वभर नकारात्मक पार्दा कला तथा साहित्य क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको बताउँदै गायक सेन्चुरीले अब विस्तारै सबै मिलेर कला क्षेत्रको उत्थानमा जुट्नुपर्ने धारणा राख्नुभएको छ ।