Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

अदालतले अब दायाँ बायाँ फैसला गर्दैन भन्ने विश्वास छः गगन थापा

अदालतले अब दायाँ बायाँ फैसला गर्दैन भन्ने विश्वास छः गगन थापा

  • शुक्रवार, माघ १६ २०७७

  • 1.1K
    SHARES

  • अदालतले अब दायाँ बायाँ फैसला गर्दैन भन्ने विश्वास छः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी गर्नुभएको छ ।

    प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंको शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्ने पार्टीको निर्णय भएको बताउनुभयो ।

    ‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो’ उहाँले अघि भन्नुभयो, ‘पञ्चयतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्छन् भने ती कायर हुन् ।’

    अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक हो भनिसकेको उहाँले बताउनुभयो । थापाले अघि भन्नुभयो, ‘अब अदालतले यो भन्दा दायाँ बायाँ फैसला गर्दैन भन्ने हाम्रो विश्वास छ, गर्न सक्दैन र मिल्दैन पनि ।’

    पहिलो संविधानसभामा अदालतलाई संसदको एउटा समिति माताहत राख्ने प्रस्ताव आउँदा आफूहरु अदालतको स्वतन्त्रताको पक्षमा उभिएको उहाँले स्मरण गर्नुभयो ।


    शुक्रवार, माघ १६ २०७७०७:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij