Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

‘मूल पार्टी हामी हौँ, सूर्यचिन्ह अरु कसैको हुँदैन’

‘मूल पार्टी हामी हौँ, सूर्यचिन्ह अरु कसैको हुँदैन’

  • शुक्रवार, माघ १६ २०७७

  • 805
    SHARES

  • ‘मूल पार्टी हामी हौँ, सूर्यचिन्ह अरु कसैको हुँदैन’

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताउनुभएको छ ।

    ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भन्नुभयो, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ ।

    पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’

    नेकपा प्रचण्ड–माधव समूहले विराटनगरमा शुक्रबार आयोजना गरेको शक्ति प्रदर्शनमा सम्वोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो । झलनाथ खनाल यहीँ हुनुहुन्छ, माधव नेपाल यहीँ छु, यो एमालेको मूलधार हो । केपी ओली कहिले एमालेको मूल धार भए ?’

    उहाँले भन्नुभयो, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् । केपी ओलीसँग सय जना मात्र छन्, ती विचरा सयजना पनि कहाँ आएर फसियो भन्दैछन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’

    प्रधानमन्त्री ओलीले आहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताउनुभयो ।


    शुक्रवार, माघ १६ २०७७०७:२७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij