काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको बताउनभुएको छ ।
उहाँले आवश्यक परे संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने बताउनुभएको छ । तर, सर्वोच्चको निर्णय पर्खने उहाँको भनाइ छ ।
प्रचण्डले धेरै संविधान बनेको तर ती सबै संविधानभन्दा ०७२ को संविधान फरक रहेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा नभई संविधान नै विघटन गरिएको तर्क गर्नुभयो ।
आज विराटनगरमा नेकपाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “ती संविधान राजा–महाराजाको अधिकार भन्दै थोपरिएका थिए । तर, नयाँमा जनताको तर्फबाट जनतालाई अधिकार दिएर लागु गरिएको थियो । आँखाअगाडि प्रतिक्रियावादी एजेन्टले संविधान विघटन गरिदिए ।
यो लोकतन्त्रमाथि हमला भएको छ । यो जनताको अधिकारमाथिको हमला हो ।’’
देश कोरोना महामारीले आक्रान्त भएको बेला देशमा प्रतिक्रान्तिको प्रयास हुँदै गरेको र त्यसको विपक्षमा जनता सडकमा आएको जिकिर उहाँले गर्नुभयो ।